धनकुटाबाट झापातर्फ जाँदै गरेको पिकअप लेटाङको कुम्लेमा दुर्घटना, दुई जना गम्भीर घाइते
मोरङ । मोरङको लेटाङ नगरपालिका–७ स्थित कुम्ले गाउँभन्दा केही तल बुधवारे–धनकुटाबाट दमक–झापातर्फ जाँदै गरेको प्रदेश १-०१-००२ च १२०७ नम्बरको डबल क्याबिन पिकअप बोलेरो दुर्घटनामा परेको छ।
अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार दुई जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएको जनाइएको छ।
दुर्घटनापछि स्थानीयवासी तथा अस्थायी प्रहरी चौकी वारंगीका सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरेका थिए।
गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


