संखुवासभामा ३ दिने हस्पिटालिटी तालिम सम्पन्न

खाँदबारी, संखुवासभा – स्थानीय होटल तथा पर्यटन व्यवसायको सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने हस्पिटालिटी (अतिथि सत्कार) तालिम सम्पन्न भएको छ।

खाँदबारी नगरपालिका–१ को प्रायोजन तथा संखुवासभा होटल व्यवसायी संघ को आयोजनामा सञ्चालित तालिममा जिल्लाका ३० भन्दा बढी होटल व्यवसायीहरूको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष डा. प्रसाद पराजुली ले गर्नुभएको थियो।

तालिममा प्रशिक्षक त्रिलोचन राई ले अतिथि सत्कार, ग्राहक सेवा, सेवा प्रवाहको गुणस्तर तथा व्यवसायिक व्यवहार सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले तालिमलाई व्यवसाय सञ्चालनमा उपयोगी र प्रभावकारी भएको बताएका छन्।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा वडा सदस्यहरू सृजना संखर, सारदा पराजुली तथा वडा सचिव गणेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

संघका अध्यक्ष डा. प्रसाद पराजुलीले तालिमले स्थानीय होटल व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र सेवामुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्यटन प्रवर्द्धनसँगै गुणस्तरीय सेवा प्रवाहका लागि यस्ता तालिमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖