पञ्चासे पुग्न अब साइकलमै यात्रा, पोखरामा नयाँ पर्यटन करिडोर निर्माण हुने

काठमाडौं, २९ जेठ । पोखराबाट पञ्चासेसम्मको यात्रा अब केवल पदयात्रामा सीमित नहुने भएको छ। पर्यटकलाई आकर्षित गर्ने नयाँ अवधारणासहित पोखरा महानगरपालिकाले साइकल लेनसहितको विशेष पहुँच मार्ग निर्माण गर्ने योजना अघि बढाएको छ, जसले पर्यटनसँगै वातावरणमैत्री यातायात प्रवद्र्धनमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ।

एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सञ्चालन हुने यस परियोजनाअन्तर्गत पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पञ्चासे भञ्ज्याङसम्म साइकल लेनसहितको पहुँच मार्ग निर्माण गरिनेछ। पञ्चासे कास्की, पर्वत र स्याङ्जा जिल्लाको संगमस्थलका रूपमा परिचित पर्यटकीय क्षेत्र हो।

महानगरपालिकाका अनुसार आयोजनासम्बन्धी बोलपत्र कागजात र प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ। हालै बसेको कार्यपालिका बैठकले प्रतिवेदन पारित गरेसँगै निर्माण प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो।

करीब १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा अनुसन्धान केन्द्रसमेत निर्माण गरिनेछ। महानगरले यसलाई पर्यटन पूर्वाधार विस्तारसँगै दिगो विकासको नमुना परियोजनाका रूपमा लिएको छ।

यस आयोजनाले पञ्चासे क्षेत्रको पर्यटकीय आकर्षण बढाउनुका साथै स्थानीय व्यवसाय, ग्रामीण पर्यटन र जैविक विविधतासम्बन्धी अध्ययन अनुसन्धानलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ। पर्यटन क्षेत्रका सरोकारवालाले यसलाई पोखराको दीर्घकालीन पर्यटन विकासका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖