सुनसरीको खनारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
सुनसरी । सुनसरीको खनार चोकस्थित जेब्रा क्रसिङमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–३ निवासी तुलसा फुयाल रहेकी छन्। उनी जेठ २७ गते बिहान करिब ६ः१५ बजे रमपम फ्याक्ट्रीमा नाइट ड्युटी सकेर घर फर्किने क्रममा सडक पार गर्दै थिइन्।
सोही क्रममा मोटरसाइकलले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी फुयाललाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


