सुनसरीको बराहक्षेत्रमा घरभित्रै महिलामाथि आक्रमण, बेहोस बनाएर सुनका गहना लुटियो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित चोक ३२ आरडी क्षेत्रमा एक महिलामाथि घरभित्रै आक्रमण गरी सुनका गहना लुटिएको घटना सार्वजनिक भएको छ।

स्थानीय कल्पना कटुवालमाथि गएराति करिब ८ देखि ९ बजेको बीचमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ। पीडितका अनुसार घरमा प्रवेश गरेका अज्ञात व्यक्तिहरूले उनको मुख थुनेर अर्धबेहोस बनाएका थिए। त्यसपछि कानमा लगाएको सुनको आठानी र घाँटीमा रहेको सुनको सिक्री गरी करिब एक तोला बराबरका गहना लुटेर फरार भएका हुन्।

आक्रमणपछि बेहोस भएकी कटुवाल राति करिब ३ बजे होसमा आएकी थिइन्। होस खुलेपछि उनले छिमेकीलाई गुहार मागेकी थिइन्। स्थानीयबासीले उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

घटनामा घाइते भएकी कल्पना कटुवालको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको स्थानीय माधव सुबेदीले जानकारी दिए।

घरभित्रै छिरेर महिलामाथि आक्रमण तथा लुटपाट भएको घटनापछि स्थानीयबासी त्रसित बनेका छन्। घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको र दोषीको खोजी तथा घटनाको अनुसन्धान सुरु गरिएको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖