जिप दुर्घटना , ८ जना घाइते
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ७ सालीबाङ गोठीवन देखी रुन्टीगढी ८ तल्लो लापु जान लागेको लु प्र ०२००१ ज ०१३२ नं को बलेरो जीप दुर्घटना भएको छ ।
आज विहानै करिब १ बजेको समयमा सडक बाट करिब ५० मिटर तल खोल्सामा खसि दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा आठ जना घाइते भएका र घाइतेलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पठाइएको र घाइतेको अवस्था सामान्य रहेको अस्थायी प्रहरी पोष्ट कुर्जाका प्रमुख मोहन विश्वकर्माले बताएका छन् ।


