महिला माथि जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । धादिङमा एक २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-२ वंशगाउँ बस्ने श्रीकृष्ण श्रेष्ठलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी र सूचना प्राप्त भएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो।

उजुरीको गम्भीरतालाई ध्यानमा राख्दै जिल्लाबाट खटिएको विशेष टोलीले श्रेष्ठलाई उनकै बसोबास क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि जबरजस्ती करणीको कसुरमा थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। घटनाको प्रकृति, समय र परिस्थितिबारे विस्तृत अध्ययन भइरहेको र प्रमाणहरू संकलन गर्ने कार्यलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖