डेढ किलो कोकिन सहित दुई भारतीय पक्राउ

काठमाडौं, १ असार । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा करिब डेढ किलो अवैध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

 

ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै सेनेगलका एक पुरुष र भारतका दुई महिलालाई पक्राउ गरिएको जानकारी दिएको हो।

 

ब्यूरोका अनुसार जेठ २६ गते कतार एयरवेजको उडानमार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका ४३ वर्षीय सेनेगलका नागरिक आमादु सारलाई शङ्कास्पद अवस्थामा निगरानीमा राखिएको थियो। ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा उनको मुखबाट १६ वटा प्लास्टिक कोटेड कोकिनका क्याप्सुल फेला परेका थिए। थप अनुसन्धानका क्रममा उनको पेटभित्र थप क्याप्सुल रहेको खुलेपछि प्रहरीले अस्पताल पुर्‍याई चिकित्सकको सहयोगमा ६० वटा थप क्याप्सुल निकालेको थियो। उनको पेटबाट निकालिएका कुल ७६ वटा क्याप्सुलमा गरी जम्मा १ किलो ५०० ग्राम कोकिन फेला परेको हो।

 

प्रारम्भिक अनुसन्धानपछि उक्त कोकिन लिन भारतको नयाँ दिल्लीबाट दुई महिला काठमाडौं आएको खुलेको थियो। सोही सूचनाका आधारमा प्रहरीले जेठ ३१ गते ठमेलकै होटलबाट भारतको दक्षिण दिल्ली, खानपुर बस्ने ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनीलाई पक्राउ गरेको हो।

 

प्रहरीले उनीहरूको साथबाट एक थान राहदानी, दुई थान भारतीय आधार कार्ड र तीन थान मोबाइल बरामद गरेको छ। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका तीनै जनामाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖