मोरङको केराबारीमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङ । मोरङको केराबारी गाउँपालिकामा यात्रुवाहक बसको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ।

सोमबार अपराह्न करिब ४ बजे धरानबाट यात्रु लिएर केराबारीतर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बसले मदन भण्डारी लोकमार्गअन्तर्गत केराबारी गाउँपालिका–७ स्थित दाहाल चोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा केराबारी–७ निवासी ८० वर्षीय लोकबहादुर राई गम्भीर घाइते भएका थिए। उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार पैदल हिँडिरहेका बेला बसले ठक्कर दिएको थियो। दुर्घटनापछि प्रहरीले बस र चालक केराबारी–५ निवासी २५ वर्षीय संगम रानामगरलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖