सङ्खुवासभा कारागार हत्या प्रकरण: १५ जनालाई जन्मकैद
खाँदबारी (सङ्खुवासभा) । जिल्लाको खाँदबारीस्थित जिल्ला कारागारभित्र दुई जना कैदीको हत्या भएको घटनामा अदालतले १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
२०८० साउन २४ गते भएको उक्त घटनामा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारभित्रै सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो।
घटनापछि गरिएको अनुसन्धान तथा अदालती प्रक्रियामा उनीहरूको संलग्नता पुष्टि भएपछि अदालतले १५ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।
कारागारभित्रै भएको यो घटनाले कैदी सुरक्षासम्बन्धी व्यवस्था र जेल व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ।


