सात थान भरूवा बन्दुक बरामद
काठमाडौं। देशका विभिन्न स्थानबाट प्रहरीले सात थान भरुवा बन्दुक बरामद गरेको छ।
जाजरकोटको बारेकोट गाउँपालिका-४ तहरास्थित ढोटाचौर सामुदायिक वनको ओढारबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बारेकोटबाट खटएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१ सिसिरूम भन्ने जंगलको ओढारबाट भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रन्मामैकोटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
यसैगरी रूकुम पूर्वको सिस्ने गाउँपालिका-४ सानी भेरी नदीस्थित फेरावनको ओढारबाट भरूवा बन्दुक ३ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व समेतबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
यसैगरी रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ सिमलबोटस्थित चोरखोला भन्ने जंगलको ओढारबाट भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ। प्रहरी बिट रूमालबाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
रूपन्देहीको तुलसीपुर उपमहानगरपालिका-१३ जुमिलकुला लेडुवा सामुदायिक वनबाट भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


