मोरङको बेलबारीमा भीषण आगलागी: तीन घरमा क्षति, लाखौँको नोक्सान
मोरङ । मोरङको बेलबारी नगरपालिका–३ मा गएराति एक दूध डेरीमा विद्युत सर्ट भएर भीषण आगलागी भएको छ। राति करिब ११ बजे स्थानीय दाहाल दूध डेरीबाट सुरु भएको आगो केही समयमै नियन्त्रणबाहिर गएको हो।
आगो फैलिँदै जाँदा आसपासका थप तीन वटा छिमेकी घरमा समेत पूर्ण तथा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।
घटनाको समयमा राति भएको भए पनि स्थानीयवासीको सतर्कता र तत्काल उद्धार प्रयासका कारण कुनै मानवीय क्षति भने हुन पाएन।
आगलागी नियन्त्रणमा ल्याइए पनि क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।


