झापाको गौरादहमा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुँगी–गौरीगञ्ज भित्री सडक खण्डमा टिफरको ठक्करबाट एक वृद्ध साइकल यात्रीको मृत्यु भएको छ।

असार २ गते राति करिब ८ बजेर २० मिनेटको समयमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.१–०१–००१ क ११८८ नम्बरको टिफरले साइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गौरादह नगरपालिका–४ बस्ने ६१ वर्षीय प्रेम प्रसाद गुरागाई गम्भीर घाइते भएका थिए। टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि तत्काल दमक अस्पताल लगिएको थियो।

तर उपचार सुरु गरेको केही मिनेटमै राति ८ बजेर ४५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि टिफर र चालक गौरादह नगरपालिका–१ बस्ने ३५ वर्षीय उमेश ताजपुरिया प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖