उदयपुरमा छुट्टीमा घर आएका प्रहरी जवान आफ्नै घरमा मृत फेला
उदयपुर । उदयपुरमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेलका नगरपालिका–४ लालबजारस्थित आफ्नै घरमा २५ वर्षीय प्रहरी जवान बाबुराम भट्टराई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार भट्टराई सुनसरीस्थित इलाका प्रहरी कार्यालय हरिनगर मा कार्यरत थिए। केही समयअघि मात्र बिदामा घर आएका उनी आफ्नै निवासमा मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।


