श्रम संस्कृति पार्टीको पाख्रीबास नगर समिति गठन, अध्यक्षमा निरज मगर
धनकुटा, असार ५ । श्रम संस्कृति पार्टीले धनकुटाको पाख्रीबास नगरपालिकामा ५६ सदस्यीय नगर समिति गठन गरेको छ। समितिको अध्यक्षमा निरज मगर चयन भएका छन्।
गठित समितिको उपाध्यक्षमा रमन्त राई, मनकुमार तामाङ, दीपक मगर र सुरेश कुमार तुम्बा चयन भएका छन् भने सचिवमा अमृतकुमार राई चयन भएका छन्।
त्यसैगरी, सह–सचिवमा प्रताप तामाङ, सुन्दर तामाङ र नगेन्द्र राई तथा कोषाध्यक्षमा यम मगर र सह–कोषाध्यक्षमा टेकबहादुर तामाङ चयन भएका छन्।
श्रसंपा जिल्ला कार्य समिति धनकुटाको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जितेन्द्र मांग्पाहाङ राई, प्रदेश समिति अध्यक्ष प्रताप राई, उपाध्यक्ष लाक्पा तामाङ, सदस्य निशान राई, रामकुमार मादेन तथा जिल्ला अध्यक्ष आकाश राई, प्रवक्ता सन्तोष राईलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले संगठन विस्तार, श्रमको सम्मान तथा श्रमिक अधिकारका विषयमा पार्टीको अभियानलाई थप सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।


