धनकुटाबाट ५ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ

धनकुटा, असार ६ । धनकुटा प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायव निरीक्षक उमेश खडकाको कमाण्डमा खटिएको टोलीले शनिबार साँझ विशेष सुराकीका आधारमा धनकुटा नगरपालिका–१० पात्ले क्षेत्रमा चेकजाँच गर्ने क्रममा सुनसरीको देवानगञ्ज नगरपालिका–५ साहेबगञ्ज निवासी २६ वर्षीय पप्पु भनिने सनि कुमार मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा रहेका मण्डलको शरीर तथा साथमा रहेको सामान चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने ५ ग्राम लिसाइलो पदार्थ फेला परेको थियो।

लागुऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖