मोरङ कारागारमा एक कैदीबन्दी वृद्धको मृत्यु

विराटनगर, असार ७ । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ निवासी ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान २ बजेतिर उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासक राजन घिमिरेका अनुसार दाहाललाई अचानक चक्कर लाग्ने तथा सास फेर्न गाह्रो हुने समस्या देखिएपछि शनिबार बिहान ११ः३० बजेतिर उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचार जारी रहेकै अवस्थामा उनको मृत्यु भएको हो।

दाहाल बिरामी परेपछि कारागार प्रशासनले परिवार तथा आफन्तलाई जानकारी गराएको थियो। परिवारका सदस्य र आफन्तकै उपस्थितिमा उपचार भइरहेका बेला उनको निधन भएको कारागार प्रशासनले जनाएको छ।

दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई २०७५ साल पुस ६ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए। पछि जिल्ला अदालत मोरङले उनलाई १६ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला अनुसार उनले २०९१ साल पुस ६ गतेसम्म कैद सजाय भुक्तान गर्नुपर्ने थियो।

हालसम्म उनले करिब साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। मृतकको शव कोशी अस्पतालमै राखिएको छ भने परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको कारागार प्रशासनले जनाएको छ।

जिल्ला कारागार मोरङमा हाल कुल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन्। तीमध्ये १ जना आश्रित बालिका, १ सय १० जना महिला र १ हजार ९७ जना पुरुष रहेको कारागार प्रशासनले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖