विराटनगरबाट स्रोत नखुलेको २ लाख ३३ हजार रुपैयाँ सहित एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट स्रोत नखुलेको नेपाली नगदसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको जहदा गाउँपालिका–१ निवासी ५७ वर्षीय मोहम्मद नफिजलाई शंकास्पद अवस्थामा जाँच गरेको थियो।

जाँचका क्रममा नफिजको साथबाट स्रोत खुलाउन नसकेको नेपाली नगद २ लाख ३३ हजार ८५० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद रकममध्ये एक हजार दरका १९७ थान, पाँच सय दरका ७३ थान, एक सय दरका तीन थान तथा ५० रुपैयाँ दरको एक थान नोट रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको गस्ती टोलीले नगदसहित नफिजलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ।

प्रहरीका अनुसार बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖