उदयपुरमा अज्ञात पुरुषको मृत्यु, पहिचानका लागि प्रहरीको आग्रह

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित गाईघाट–दिक्तेल सडक खण्डमा बेहोस अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

मिति २०६७ माघ ४ गते टाउकोमा चोट लागी घाइते अवस्थामा फेला परेका करिब ३२ वर्षीय पुरुषलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर, उपचारकै क्रममा माघ ५ गते उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको हालसम्म नाम, थर र स्थायी ठेगाना खुल्न सकेको छैन। कुनै पनि आफन्त सम्पर्कमा नआएकाले मृतकको पहिचानका लागि सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

मृतक गोरो वर्णका, पातलो शरीर भएका र सामान्य कपाल भएको पुरुष रहेको प्रहरीले जनाएको छ। उनी कालो ज्याकेट, खैरो टिसर्ट, कलेजी रंगको पाइन्ट र खैरो जुत्ता लगाएका थिए। साथै, कालो–खैरो रंगको झोला बोकेको तथा बायाँ हातको चोरऔंलामा ‘U’ अक्षर जडित पितलको औंठी लगाएको पाइएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय उदयपुरले मृतकको पहिचानमा सहयोग गर्न आम नागरिकलाई आग्रह गरेको छ। आफन्त वा चिनजान हुने व्यक्तिहरूले १००, ९८५२८३५२७७, ९८५२८३५१९६ नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुलाउने कार्यमा सहयोग गर्न प्रहरी प्रशासनले सबैसँग अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖