कोशी पुलबाट धरानका एक ब्यक्तिले नदीमा हाम फालेपछि…
सुनसरी । धरान–५ निवासी करिब ४० देखि ५० वर्ष उमेरका सरोज श्रेष्ठ आज बिहान कोशी पुलबाट नदीमा हाम फालेका छन्।
प्राप्त जानकारी अनुसार बिहान करिब ८ बजे उनले कोशी पुलको माथिल्लो भागबाट नदीतर्फ हाम फालेका हुन्। घटनापछि स्थानीयले तत्काल जानकारी दिएपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनास्थलमा श्रेष्ठको साइकल, मोबाइल फोन र चप्पल फेला परेको प्रहरीले जनाएको छ। हाल उनको अवस्थाबारे स्पष्ट जानकारी आउन सकेको छैन भने खोजी तथा आवश्यक अनुसन्धान जारी रहेको बताइएको छ।
प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको छ।


