झुटो विवरण सिफारिस गरेको आरोपमा मोरङमा वडा अध्यक्ष र वडा सदस्य पक्राउ
मोरङ । मोरङ रंगेली नगरपालिका–५ बस्ने मनुवा कुमार महतोले आमाको नाम अधनुनिया महतो भनी झुटो विवरण पेश गरेको तथा सोही आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन सिफारिस गरिएको घटनामा २ जना पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि पठाएको उक्त मुद्दामा अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले रंगेली नगरपालिका–५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार झुटो विवरणको आधारमा नागरिकता सिफारिस गरिएको पाइएपछि थप अनुसन्धान सुरु गरिएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ।


