विराटनगरमा नक्कली हतियार फेला
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१३ सोमबारे क्षेत्रमा मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार फेला परेको छ।
बिहीबार साँझ करिब १८:४५ बजे मुस्लिम समुदायले पर्व मनाइरहेका बेला केही व्यक्तिहरूले नक्कली हतियार बोकेको देखिएपछि प्रहरीलाई सूचना प्राप्त भएको थियो।
सूचनापछि प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त नक्कली हतियार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


