छोराको कुटपिटबाट आमाको मृत्यु
भक्तपुर । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब १९:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।
गम्भीर घाइते भएकी चौधरीलाई तत्काल सूर्यविनायक नगर अस्पतालमा उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल लगिएको थियो। उपचारका क्रममा राति २३:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरीले आरोपित छोरा किरण चौधरीलाई नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


