पेस्तोल र पाँच राउन्ड गोली सहित दुई जना पक्राउ
धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट प्रहरीले पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखिया रहेका छन्।
प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘Eagle Raptor’ लेखिएको एक थान पेस्तोल, सोही पेस्तोलको एक थान म्यागजिन, ९ एमएमको एक राउन्ड र ७.६५ एमएम केएफका चार राउन्ड गरी कुल पाँच राउन्ड गोली बरामद गरिएको हो।
हातहतियारसहित पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


