विराटनगर नाकाबाट झन्डै २९० ग्राम खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट प्रहरीले २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्लाको बनिहारी निवासी ३२ वर्षीय चंचल सिकदार रहेका छन्। भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका सिकदारलाई शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो।
जाँचका क्रममा उनले बोकेको दुईवटा टिफिन बट्टाभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित सिकदारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


