जेनजी आन्दोलनका क्रममा तुल्सीपुर कारागारबाट फरार लागुऔषध मुद्दाका कैदी कपिलवस्तुबाट पक्राउ
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ जुलाही चोकबाट लागुऔषध मुद्दामा सजाय भुक्तानका क्रममा दाङको तुल्सीपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तुल्सीपुर कारागारबाट फरार भएका कपिलवस्तु विजयनगर–४ देवपुरा बस्ने ३३ वर्षीय बब्लु भन्ने बुधई यादवलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यादवलाई लागुऔषध मुद्दामा अदालतले १० वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


