गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच प्रयास गर्ने व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौँको कोटेश्वरस्थित खरिबोट क्षेत्रमा आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। उनले आफू Ministry of Home Affairs का जिम्मेवार अधिकारी भएको झुटो परिचय दिँदै प्रहरी कार्यालयभित्र प्रवेश गर्ने प्रयास गरेको प्रहरीको भनाइ छ।
उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले प्रस्तुत गरेको परिचय र दाबी पुष्टि नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


