आफ्नै दाईको हत्या गर्ने भाई पक्राउ
बाँके, १५ असार । आफ्नै दाईको हत्या गर्ने भाई पक्राउ परेका छन् ।
आफ्नै दाइ २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा उनका भाई पक्राउ परेका हुन् । कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-१५ गोहवाबाट सोमबार बिहान पक्राउ गरिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


