२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
सल्यान, १५ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् ।
सिद्धकुमाख गाउँपालिका–३ डाँडाकटेरी बस्ने ३० वर्षीय बिरेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
बिरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


