इलामको राजदुवाली स्थित मेची राजमार्गमा ट्रक दुर्घटना

इलाम, असार १५ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा गोलिया लोड गरेको ट्रक दुर्घटनामा परेको छ।

आज अपराह्न करिब ३:५० बजे इलामबाट झापातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३८७३ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) उत्तमबहादुर भुजेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। ट्रक चालक झापा, मेचीनगर नगरपालिका–१३ निवासी ३६ वर्षीय प्रकाश तिम्सिना सकुशल रहेका छन्।

दुर्घटनाको कारण तथा ट्रकमा भएको क्षतिको विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖