विद्यालयमा कुटपिटपछि घाइते एक जनाको उपचारकै क्रममा मृत्यु

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–३ रकेलस्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार असार १९ गते बिहान करिब ११:३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्षीय सन्तोष धामीबीच सामान्य विवाद हुँदा कुटपिट भएको थियो। घटनामा शिक्षक मदन धामी टाउकोमा चोट लागेर घाइते भएका थिए।

कुटपिट छुट्याउन गएका सन्तोषका बुवा ५८ वर्षीय गगन धामी पनि टाउकोमा चोट लागी घाइते भएका थिए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो।

उपचारपछि शिक्षक मदन धामी सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए। गम्भीर घाइते गगन धामीलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा असार २० गते बिहान करिब १०:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिका–३ का २८ वर्षीय सिंहराज धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖