पर्सामा १ सय २ केजी भन्दा बढी गाँजा सहित भारतीय नागरिक पक्राउ
पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोनबर्साबाट भारततर्फ जाँदै गरेको BR01CU3544 नम्बरको सेतो स्पोर्ट्स कार जाँच गर्ने क्रममा कारभित्र लुकाइराखिएको १० पोका गाँजा बरामद गरिएको हो।
घटनामा भारतको बेतिया, नवलपुर निवासी अन्दाजी ३२ वर्षीय गुडु बर्मालाई गाँजा र उक्त कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति, बरामद गाँजा तथा सवारी साधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ।


