तेह्रथुममा टिपर र कार ठोक्किँदा दुर्घटना, कार पूर्ण रूपमा क्षतिग्रस्त
तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थित शुक्रबारे बजारको बसस्ट्यान्ड चोकमा आज बिहान टिपर र कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको भए पनि मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन्।
दुर्घटनापछि केही समय सडक क्षेत्रमा आवागमन प्रभावित बनेको थियो। घटनाको कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।


