इटहरीमा लागू औषध सहित एक युवक पक्राउ
इटहरी, असार २२ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित डोजिन होटल एण्ड खाजा घरबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ ५:५० बजे लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको PIT विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–६ निवासी २२ वर्षीय विवेक साहको साथबाट ट्रामाडोल ३९० क्याप्सुल र डाइसाइक्लोमिन (Dicyclomine) ३९० ट्याब्लेट गरी जम्मा ७८० क्याप्सुल तथा ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागू औषधसहित साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


