भारतीय कारको ठक्करबाट मोटरसाइकल पछाडि सवारको मृत्यु, चालक पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई UP65EX0100 नम्बरको भारतीय कारले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–१ गजकोटका ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएका कार चालक भारतको उत्तर प्रदेश, वाराणसी निवासी ४२ वर्षीय अश्वनी कुमार सिंहलाई कारसहित कैलालीको गोदावरी नगरपालिका–६ लालपुरबाट प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकल चालक गौतम ऐरको सीपी अस्पताल, धनगढीमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖