ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते, ४ जनालाई थप उपचारका लागि रिफर

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ तारेभिरस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा काठमाडौं कपनका ३३ वर्षीय बद्री मगर, स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, भारतको बैंगलोरका ६५ वर्षीय जगदिश बिएल, चितवन कालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, बुटवल–४ अमरपथका ४० वर्षीय रुप गुरुङ, ईभी भ्यानका सहचालक ३५ वर्षीय गोविन्द थापा, चालक बुटवल–१२ ढवाहका ४४ वर्षीय कृष्ण थापा, गुल्मी इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, भारतको बैंगलोर (कर्नाटक)का ६१ वर्षीय नन्जुण्डे गोडा तथा बुटवल–१७ का २८ वर्षीय प्रकाश भट्टराई घाइते भएका छन्।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् भने पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ।

ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ निवासी ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖