विराटनगरमा नक्कली नागरिकता बनाएको आरोपमा दुई जना पक्राउ

विराटनगर । नक्कली नेपाली नागरिकता बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको डाँकनेश्वर नगरपालिका–३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१४ बस्दै आएकी ३० वर्षीया मनिषा कुमारी कामत राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्। उनले पेश गरेको नागरिकता नक्कली भएको आशंका भएपछि प्रहरीलाई जानकारी गराइएको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर–११ स्थित धनदेव राजवंशीले सञ्चालन गरेको न्यू डोली फोटो सर्भिसेजमा खानतलासी गरेको थियो। सो क्रममा विभिन्न नक्कली कागजात तथा सामग्री फेला परेपछि विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशी र विराटनगर–११ का ६१ वर्षीय अशोक कुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त स्थानबाट विभिन्न व्यक्तिको नाममा जारी १२ थान नेपाली नागरिकता प्रमाणपत्र, २ थान सवारी चालक अनुमति पत्र, २ थान मोबाइल, १ थान कम्प्युटर सीपीयू, रु. ३,५४० नगद, १० वटा खाली जन्मदर्ता फाराम, १ वटा विवाह दर्ता, १ वटा मृत्यु दर्ता तथा ‘न्यू डोली फोटो सर्भिसेज विराटनगर’ लेखिएको १ थान स्ट्याम्प बरामद गरेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖