सुनसरी स्थित कोशी नदीको किनारमा तैरिरहेको अवस्थामा ३०८ किलो वेवारिसे गाँजा बरामद

इनरुवा, असार २५ । सुनसरी प्रहरीले बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब ९ः३० बजे गस्ती गर्ने क्रममा सुनसरीको कोशी गाउँपालिका–७ अन्तर्गत केराबारी र भाण्टाबारीबीच सप्तकोशी नदीको बाँध किनारमा पानीमा तैरिरहेको अवस्थामा आठ वटा कालो प्लास्टिकले बेरिएका शंकास्पद पोका फेला पारेको थियो।

ती पोका खोली जाँच गर्दा जम्मा ३०८ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै उक्त गाँजा त्यहाँ पुर्‍याउने वा सम्बन्धित व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖