भोजपुर,इलाम र पांचथर सहित अविरल वर्षापछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा गत असार १२ गतेको बाढीपछि अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी सञ्चालनमा आएको छ भने वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। तर, इलाम नगरपालिका–९ राजदुवालीमा असार २३ गतेदेखि पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

यस्तै, पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलामा बिहीबार आएको बाढीका कारण तमोर करिडोर सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमका कारण काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने सवारी साधनलाई असार २२ गतेदेखि बीपी राजमार्ग प्रयोगमा रोक लगाइएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ क्षेत्रमा सडक मर्मत भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक मर्मत सम्पन्न नभएसम्म, असार २५ गतेसम्म, बन्द रहने जनाइएको छ।

लुम्बिनी प्रदेशमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिरो खसेपछि पाल्पा–गुल्मी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड क्षेत्रमा असार १७ गते आएको बाढीपछि भेरी करिडोर अझै अवरुद्ध रहेको छ।

सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ। सम्बन्धित निकायले पहिरो पन्छाउने, सडक मर्मत गर्ने र यातायात पुनः सञ्चालनमा ल्याउने काम जारी रहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖