हिरासतबाट फरार लागुऔषध मुद्दाका आरोपी पक्राउ
कैलाली । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागुऔषध (खैरो हेरोइन) मुद्दाका आरोपी पुनः पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ राजीपुर निवासी ३१ वर्षीय संजय नगार्जी रहेका छन्। उनलाई असार ९ गते लागुऔषध मुद्दामा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।
नगार्जी असार २१ गते राति करिब १२ बजे इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट फरार भएका थिए।
घटनापछि खटिएको प्रहरी टोलीले असार २५ गते बिहान १०:१५ बजे टीकापुर नगरपालिका–४ स्थित अस्नेरी चोक क्षेत्रबाट उनलाई पुनः पक्राउ गरेको प्रहरीले जनाएको छ।


