झापामा अपराधिक लाभ, शरीर बन्धक र संगठित अपराध मुद्दामा एक जना पक्राउ
झापा, असार २६ । अपराधिक लाभ, शरीर बन्धक तथा संगठित अपराध सम्बन्धी मुद्दामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नेपाल सरकार वादी र गंगा बहादुर गिरीसमेत प्रतिवादी रहेको उक्त मुद्दाको अनुसन्धानका क्रममा बिर्तामोड नगरपालिका–४ निवासी ४४ वर्षीय गंगा बहादुर गिरीलाई पक्राउ गरिएको हो।
प्रहरीले उनलाई असार २५ गते बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका गिरीविरुद्ध थप अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


