अनलाइन जुवा र सट्टेबाजी सञ्चालन गरेको आरोपमा ८ जना पक्राउ

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–१८ सेदीस्थित एक घरबाट अनलाइन जुवा तथा सट्टेबाजी सञ्चालन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार बिहान करिब ८ बजे प्राप्त गोप्य सूचनाका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मार्दा उनीहरू अनलाइन गेम तथा बेटिङ सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरूले २०८२ चैत १८ गतेदेखि ‘सफ्टवेयर कम्पनी’ सञ्चालन गर्ने भन्दै जीवन श्रेष्ठको सात कोठे घर भाडामा लिएर बसोबास गर्दै अनलाइन जुवा र सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले Telegram र WhatsApp मार्फत gurubhai247.pro नामको लिंक पठाई खेलाडीलाई रकम जम्मा गराउन लगाउने, त्यसपछि दर्ता गराई क्रिकेट, फुटबल तथा क्यासिनो खेलमा सट्टेबाजी गराउने गरेको खुलेको प्रहरीले जनाएको छ। हारजितको आधारमा रकम अनलाइनमार्फत भुक्तानी गर्ने तथा भारतीय नागरिकका बैंक खाता प्रयोग गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार उक्त समूह दैनिक भारु ३ देखि ४ लाख रुपैयाँसम्म कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। साथै, यो सञ्जाल भारतीय नागरिकले सञ्चालन गर्ने नाम नखुलेको २७औँ शाखा का रूपमा सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ।

बरामद कम्प्युटरका तीन फरक–फरक ‘सिट’मा क्रमशः रु. १,११,९९,११८, रु. ९,०२,२२,०२६ र रु. १०,५५,६८,६९० बराबरको क्रेडिट देखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दार्चुलाका ३१ वर्षीय दिनेश सिंह बोहोरा तथा भारतका सत्यम सिंह (३४), हर्ष उसरेटे (२४), विशाल चाउ (२३), जमान सिंह तमार (२२), विक्रान सिंह (२७), अजितेश कुमार मिश्र (२६) र सत्यम राजपूत (२४) रहेका छन्।

प्रहरीले घटनास्थलबाट ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल, ९ थान किबोर्ड, ३४ वटा भारतीय सिमकार्ड, २ वटा राउटर, १६ वटा चार्जर, १ थान युपिएस, १ थान १२ भोल्ट ब्याट्री तथा अन्य उपकरण बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖