उदयपुरमा ६६० मिलिग्राम ब्राउन सुगर सहित युवक पक्राउ
उदयपुर । उदयपुर प्रहरीले ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार (असार २६) दिउँसो करिब २ बजे त्रियुगा नगरपालिका–६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लालपत्ता चेकपोष्टमा सवारी जाँच गर्ने क्रममा लहानबाट गाईघाटतर्फ आउँदै गरेको मोटरसाइकल रोकेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक सिरहा जिल्लाको लहान नगरपालिका–२२ निवासी २४ वर्षीय सन्दिप चौधरीले मोटरसाइकलमा लुकाइ–छिपाइ ल्याएको ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद लागुऔषध र मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


