क्यानडा पठाइदिने भन्दै २६ जनाबाट करिब २ करोड ५० लाख ठगी गर्ने आरोपमा एक पक्राउ
काठमाडौ । काठमाडौं प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।
प्रहरीका अनुसार चौधरीले पीडितहरूलाई क्यानडामा आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिँदै रकम असुलेका थिए। रकम बुझाएपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा पक्राउ परेका चौधरीमाथि वैदेशिक रोजगारी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


