लालबकैयाको बाढीले हुलाकी राजमार्ग जलमग्न

सञ्जय मिश्रा,
रौतहट, २२ साउन। अविरल वर्षासँगै रौतहटको लालबकैया नदीमा आएको बाढीले हुलाकी राजमार्गको राजपुर नगरपालिका क्षेत्र जलमग्न बनेको छ।

 

सडक माथिबाट बाढीको पानी बग्न थालेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरू ज्यानको जोखिम उठाएर आवतजावत गर्न बाध्य भएका छन् ।

 

राजपुर नगरपालिका-२ फतुवा महेशपुरदेखि राजपुर जोड्ने हुलाकी सडकखण्डको पश्चिम लच्कामा बाढीले सडक पूरै ढाकेको छ। वैकल्पिक मार्गको अभावका कारण दैनिक सयौं यात्रु र सवारीसाधनले जोखिमपूर्ण अवस्थामै यही सडक प्रयोग गरिरहेका छन्।

 

बाढीका कारण सडकमा पानीको बहाव तीव्र बन्दै गएपछि सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्। घटनास्थलमा खटिएका सुरक्षाकर्मीले यात्रुलाई आवश्यक सहजीकरण गरिरहेका छन्।

सशस्त्र प्रहरी नम्बर ११ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीका अनुसार बाढीको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ। जलस्तर थप बढेमा जनधनको सुरक्षालाई प्राथमिकता दिँदै सडकमा आवतजावत अस्थायी रूपमा रोक्न सकिने तयारी गरिएको उनले बताएका छन्।

सुरक्षा निकायले डुबान भएको सडकबाट अनावश्यक रूपमा यात्रा नगर्न तथा सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। निरन्तर वर्षा भइरहेकाले लालबकैया नदीको जलस्तर अझै बढ्न सक्ने आकलन गर्दै स्थानीय प्रशासनले नदी किनारका बासिन्दा र यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

स्थानीयवासीले भने हरेक वर्ष दोहोरिने डुबानका कारण जनजीवन प्रभावित हुँदै आएको भन्दै हुलाकी राजमार्गको सतह उचाल्ने, प्रभावकारी निकास प्रणाली निर्माण गर्ने र बाढी नियन्त्रणका दीर्घकालीन संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।