मोरङमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

मोरङ । मोरङ प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १६ गते राति लेटाङ नगरपालिका–९ स्थित दिदी–भिनाजुको घरमा बस्दै आएकी एक महिलामाथि सोही स्थानका ३४ वर्षीय गंगा बहादुर गुरुङ (आदित्य) ले जबरजस्ती करणी गरेको आरोप लागेको हो।

प्रहरीका अनुसार आरोपित गुरुङले पीडितलाई उनी बसेकै घरको कोठामा लगेर मुख थुनी इच्छाविपरीत जबरजस्ती करणी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय लेटाङमा जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले गंगा बहादुर गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।