कोशी प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल पुलिस स्कुल धरानको निरीक्षण, गुणस्तरीय शिक्षामा जोड

सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल पुलिस स्कुल धरानको निरीक्षण भ्रमण तथा अवलोकन गरेका छन्।

साउन २१ गते भएको निरीक्षणका क्रममा उनले विद्यालयका भवन, क्यान्टिन, पुस्तकालय, छात्रावास तथा प्रशिक्षण कक्षहरूको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका हुन्।

निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक खनालले प्रहरी सङ्गठनको मूल मर्मअनुसार विद्यार्थीमा उच्च अनुशासन, देशभक्ति, नैतिक मूल्य–मान्यता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न जोड दिए। उनले विद्यार्थीहरूको रेखदेख र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न, सुरक्षित, स्वच्छ र प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्न तथा अतिरिक्त क्रियाकलाप, छात्रावास र मेस व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिए।

त्यस्तै, अभिभावकसँग निरन्तर समन्वय र सहकार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न कर्मचारीहरूलाई आग्रह गरिएको थियो।

भ्रमणका क्रममा विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूसँग भएको छलफल र अन्तरक्रियामा उनले शिक्षा प्रणालीलाई समयसापेक्ष, परिष्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको अपेक्षा र राष्ट्रको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कुललाई उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने बताए।

विद्यार्थीसँगको अन्तरक्रियामा प्रहरी नायव महानिरीक्षक खनालले आजका अनुशासित विद्यार्थी नै भोलिका सफल नागरिक, सक्षम व्यक्तित्व र राष्ट्रका गौरव हुने उल्लेख गर्दै अध्ययनलाई गुणस्तरीय बनाउन, सकारात्मक सोचको विकास गर्न तथा सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरे।

उनले कोशी प्रदेश प्रहरी कार्यालय नेपाल पुलिस स्कुल धरानलाई नेपालकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न आफू सदैव प्रतिबद्ध रहने विश्वास पनि व्यक्त गरे।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।