मोरङको सुनवर्षीमा ४ वर्षीया बालिकाको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर, साउन २१ — मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ८ गते जफारुल मियाँकी छोरी कायानत खातुन घाँसीबारीभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा सोही स्थानका ५९ वर्षीय जान महमद मन्सुरी उक्त घटनामा संलग्न रहेको खुलेपछि उनलाई साउन २० गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मन्सुरीविरुद्ध कर्तव्य ज्यान कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।