बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

बारा, २२ साउन। बारामा बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ।

 

मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान करिब १०ः४० बजे उनी बत्ती बाल्नका लागि पोलमा हुक लगाइरहेका बेला एउटा हुकको तार विद्युत् लाइनमा अल्झिएको थियो। त्यसक्रममा अर्को तार उनको शरीरमा खस्दा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते कोईरीलाई उनका भाइ चन्देश्वर महतो कोईरीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्‍याएका थिए। घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट असई पुजई महराको नेतृत्वमा प्रहरी टोली बिहान ११ः१० बजे घटनास्थलमा पुगेको थियो।

 

प्रहरीका अनुसार अस्पतालमा उपचारका क्रममा दिउँसो १२ः०५ बजे चिकित्सकले ईसीजी परीक्षणपछि कोईरीलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।