गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

मुकेश कुमार यादव/सिरहा, २३ साउन। सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका करिब १५ वर्षीय गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले राहत उपलब्ध गराउने घोषणा गरेको छ।

 

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहसहितको टोली शुक्रबार मृतक गणेश यादवको घर पुगेर शोकाकुल परिवारसँग भेट गरेको हो। टोलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

मन्त्री सिंहले प्रदेश सरकारको तर्फबाट मृतक परिवारलाई तत्काल २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने जानकारी दिए। साथै, परिवारको बसोबासका लागि नयाँ घर निर्माण गरिदिने निर्णय भएको बताउँदै सम्भव भएसम्म दुई दिनभित्रै निर्माण प्रक्रिया सुरु गरिने जानकारी दिए।

“प्रदेश सरकारले राहतसँगै परिवारका लागि सुरक्षित आवासको व्यवस्था गर्नेछ। घर निर्माणको काम तत्काल अघि बढाइन्छ, मन्त्री सिंहले भने।

भेटका क्रममा मन्त्री सिंहसहितको टोलीले गोलबजारमा आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट प्रभावित क्षेत्रको समेत स्थलगत निरीक्षण गरेको थियो। टोलीले क्षतिग्रस्त पसल, व्यवसाय तथा घरधनीसँग भेटघाट गरी उनीहरूले बेहोरेको क्षतिको विवरण लिएको छ। मन्त्री सिंहले आन्दोलनबाट प्रभावित व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाए। उनले गोलबजारमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति, सुरक्षा र आपसी भाइचारा कायम गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

सुनसरीको देवानगञ्ज घटनापछि विभिन्न स्थानमा फैलिएको तनावको प्रभाव गोलबजारमा पनि देखिएको थियो। सोही क्रममा आन्दोलन उग्र बन्दा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। भने तोडफोड र आगजनीका घटनाबाट स्थानीय व्यवसाय तथा सर्वसाधारणले पनि क्षति व्यहोरेका थिए।

प्रदेश सरकारका अनुसार घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय, क्षतिग्रस्त व्यवसायीलाई राहत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय र पहललाई निरन्तरता दिइनेछ। साथै, प्रभावित क्षेत्रमा सामाजिक सद्भाव कायम गर्दै सामान्य जनजीवन पुनःस्थापित गर्न सबै समुदायबीच सहकार्य आवश्यक रहेकोमा पनि जोड दिइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।